२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

उर्जामन्त्री पुन अस्पताल भर्ना

काठमाडौं – उर्जामन्त्री वर्षमान पुन छातिमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। मन्त्री पुन छातिमा दुखाई भएपछि आकस्मिक रुपमा नर्भीक अस्पताल भर्ना भएका हुन्।

नेकपाका स्थायी सदस्य समेत रहेका मन्त्री पुनको छातीमा दुखाई बढेपछि शुक्रबार राती ११ बजेतिर नर्भीक अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।

पुनको उपचारमा डा. यादव भट्ट नेतृत्वको टोली सहभागी छ। हाल मन्त्री पुनको अवस्था सामान्य रहेको पनि सचिवालयले जानकारी दिएकाे छ।

प्रकाशित: १७ कार्तिक २०७५ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App