२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारीको गुनासोः दोहा राष्ट्रिय पुस्तकालयमा खोई नेपाली पुस्तक?

कतार– राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको चारदिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित राष्ट्रिय पुस्तकालय र सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ।

अत्याधुनिक र अत्यन्त आकर्षक शैलीमा निर्मित पुस्तकालयमा अरबी, अङ्ग्रेजीलगायत विभिन्न भाषाका १० लाखभन्दा बढी पुस्तक छन्। विद्युतीय पुस्तकालय र बालबालिकालाई क्रीडास्थलसहितको आकर्षक सुविधा सो पुस्तकालयको प्रमुख विशेषता रहेको पुस्तकालयका कर्मचारीले जानकारी गराएका थिए। 

पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारीले यति विशाल र आधुनिक पुस्तकालयमा एउटा पनि नेपाली भाषाको पुस्तक नहुनु दुःखको भएको प्रतिक्रिया दिएका छन्। उनले चार लाखभन्दा बढी नेपाली कामदार रहेको देशको प्रमुख पुस्तकालयमा नेपाली भाषाका पुस्तक उपलब्ध गराउन सरकार र दूतावासको ध्यानाकर्षण गराइन्।

भण्डारीले यस किसिमको बाल पुस्तकालय र क्रीडास्थल नेपालमा पनि सान्दर्भिक रहेकाले यसको अध्ययनका निम्ति नेपाली टोली छिट्टै यहाँ पठाइने बताइन्। पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारीले यहाँको राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गरेकी छन्। रासस 

 

प्रकाशित: १४ कार्तिक २०७५ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App