१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारका गतिविधिले जनता निराश : थापा

फाइल तस्बिर

सिन्धुली - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारका कारण जनता निराश भएको बताएका छन्। सरकारका पछिल्ला गतिविधिबाट जनता रुष्ट भएको भन्दै उनले देशमा शान्ति, स्थायित्व कायम हुने आशाले जनताले कम्युनिष्ठलाई दुई तिहाइकै हाराहारीमा मत दिएपनि सरकार गठन भएको केहि महिनामै जनतामा निराशा छाएकाे बताए।

पुर्वी तराईका जिल्लामा कार्यकर्ता भेटघाट गर्न जाने क्रममा सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा कार्यकर्ता भेटघाटका क्रममा उनले सरकारले आन्तरिक सुरक्षालाई नियन्त्रण गर्न नसक्दा देशमा हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध बढ्दै गएको आरोप लगाए। देशमा विखण्डनकारी शक्ति सक्रिय भएको भन्दै उनले पार्टी वा व्यक्ति भन्नुभन्दा पनि  देशमा नितिगत र व्यवस्थागत त्रुटी भएको बताए।

'०६२/०६३ को आन्दोलन पश्चातको शान्ति सम्झौतामै केहि कमीकमजोरी हुँदा देशमा अझै शान्ति आएन', पुर्व उपप्रधानमन्त्री समेत रहेका थापाले भने 'व्यक्ति, राजनीतिक दल भन्दा पनि नितिगत र त्रुटिगत मार्गचित्र सुधार गर्नुपर्छ।’ देशमा बाह्य शक्तिको चलखेल र प्रभाव बढेको भन्दै उनले एउटै विचारधारा भएका पार्टीहरु पुन एक हुने प्रक्रियामा रहेको बताए। पछिल्लो समय देशमा एक दलीय शासन चलेको जस्तो देखिएकाेले यसलाई नियन्त्रण गर्न बलियो राष्ट्रवादी शक्ति एक हुने प्रक्रिया अगाडी बढेको अध्यक्ष थापाले बताए।

थापाले संघीयताको विषयमा पर्याप्त छलफल नगरी जनताको अभिमत बिनानै संघीयता ल्याएको भन्दै घुमाउरो शैलीमा देशले संघीयता धान्न नसक्ने अवस्था आएको बताए। संघीयताका कारण अर्बौ रुपैयाँ अन्य देशबाट राज्यले लोन लिनुपर्ने अवस्था अाएकाे भन्दै उनले विगतको नीति र मार्गचित्रलाई पुर्नविचार गर्नुपर्ने अवस्था आएको बताए। संघीयताले राष्ट्रिय हितमा नकरात्मक प्रभाव पारेकाले राजनीतिक विचार गर्नुपर्ने बताए।

प्रकाशित: १४ कार्तिक २०७५ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App