२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

‘घुँडा टेकेर टीका ग्रहण गर्नु सामन्ती प्रवृत्ति हो’

काठमाडौं– वडादशैंको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले टीका लगाउँदा एउटा तस्बिरले उनलाई आलोचित बनायो। पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले शीतल निवासमा घुँडा टेकेर राष्ट्रपति भण्डारीबाट टीका ग्रहण गर्दै गरेको तस्बिरले राष्ट्रपतिलाई आलोचित बनाएको हो। यो तस्बिरले उनलाई सामन्ती प्रवृत्तिलाई निरन्तरता दिएको आरोप लागेको छ। कम्युनिस्टको सबै बराबर भन्ने सिद्धान्तको राजनीतिक पृष्ठभूमीबाट राष्ट्रपति बनेकी भण्डारीकै कार्यकालमा सामन्ती प्रवृत्तिको झल्को देखिएपछि चौतर्फी आलोचना भइरहेको छ। 

यसै क्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले घुँडा टेकेर टीका ग्रहण गर्नु सामन्ती प्रवृत्ति भएको भन्दै आलोचना गरेका छन्। उनले भने, ‘घुँडा टेकेर टिका ग्रहण गर्नु भनेको सामन्ती प्रवृत्ति हो। शुभ लक्षण होइन्।’

उनले दशैंमा सत्ताधारीहरुबाट आर्शिवाद लिनु राम्रो नभएको बताउँदै प्रधानमन्त्री र राष्ट्रपति दुवै वृद्धवृद्धाको हातबाट टिका ग्रहण गरेको भए राम्रो हुने थियो भनी धारणा राखे।

कसरी हट्यो कुर्सी?

शीतल निवासमा प्रधानमन्त्री र परिवारका सदस्यलाई राष्ट्रपतिले टीका लगाउँदा दुबैतिर कुर्सी थियो। तर, पूर्व प्रधानन्यायाधीश पराजुलीले टीका लगाउने क्रममा भने त्यो कुर्सी थिएन।

प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूतप्रसाद मैनालीका अनुसार राष्ट्रपति निवास शीतल निवासमा टीका ग्रहण गर्दा घुँडा टेक्ने अवस्था आउनुको कारण व्यवस्थापनको कमजोरीले हो। ‘वास्तवमा त्यहाँ सेनाले टिका थाप्ने बेलामा कुर्सी निकालिएको रहेछ। त्यो सेनाको परम्परा हो। त्यसपछि अरुले टिका ग्रहण गर्दा आफ्नो आशनमा लगाउनुभयो। तर, बाहिर ब्यापक बढाईचढाई गरियो।’ 

प्रकाशित: ६ कार्तिक २०७५ १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App