७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

बजेट कार्यान्वयनका लागि विज्ञ समुहसँगकाे बैठक उपलब्धिमुलक : कर्णाली सरकार

सुर्खेत - बुधवार देखि शुरु भएको कर्णाली प्रदेश सरकार र सरकारले गठन गरेको विज्ञ समुह विचको परामर्श वैठक सकिएको छ। मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सुर्खेतमा सम्पन्न बैठक बजेट कार्यान्वयनमा देखिएका समस्या सामाधानका लागि उपलव्धीपुर्ण भएको सरकारकी प्रवक्ता एवं भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिए। ‘बैठकमा विज्ञ समुहले बजेट कार्यान्वयनका लागि महत्वपुर्ण सुझाव दिएको छ’ प्रवक्ता केसीले भने, ‘अव मन्त्रिपरिषदको बैठक बसेर ठोस निर्णय गरेर बजेट कार्यान्वयनमा तिव्रताका साथ लाग्छौं।’ संघीयताको अभ्यास नयाँ भएकोले प्रदेश सरकारको बजेट कार्यान्वयनको प्रक्रियामा अन्याैलता देखा परेको र विज्ञ समुहसँगको परामर्श वैठकले धेरै हदसम्म वजेट कार्यान्वयन प्रक्रिया सम्वन्धी गाँठो फुकेको प्रवक्ता केसीले बताए।

प्रवक्ता केसीका अनुसार बजेट कार्यान्वयनका लागि प्रदेश सार्वजनिक खरिद ऐन नबन्दा सम्म प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार काम गर्न र सो ऐनले नसमेटीएका विषयमा संवैधानिक अधिकार प्रयोग गरि बजेट कार्यान्वयन कार्यविधि निर्माण गरि काम गर्न विज्ञ समुहले सुझाव दिएको छ। त्यसैगरि बजेट कार्यान्वयनका लागि नपुग प्राविधिक जनशक्ति तथा कन्सल्ट्यान्टहरु सेवा करारमा भर्ना गरि बजेट कार्यान्वयन प्रक्रिया अघि वढाउन प्रदेश सरकारलाई वाधा नपर्ने पनि विज्ञ समुहले सुझाव दिएको प्रवक्ता केसीले बताए।

प्रकाशित: २५ आश्विन २०७५ १६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App