१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा सचिवालय बैठक : स्थायी कमिटी बैठक बोलाउने एजेण्डा तय गर्दै स्थगित

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले तल्ला कमिटीहरुको एकीकरणको प्रक्रिया सुरु गर्नेबारे छलफल गरेको नेता झलनाथ खानालले बताए। उनका अनुसार बैठकले स्थायी कमिटीको बैठक बोलाउने एजेण्डा तय गरेको छ। बैठक बुधबार ८ बजे बस्ने गरी स्थगित भएको छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्ना पछिल्ला विदेश भ्रमणबारे जानकारी गराएका थिए। बैठकमा प्रदेश नेतृत्व चयनबारे अध्यक्ष द्वयले ब्रिफिङ गरेका थिए।

नेकपाको आइतबार बस्ने भनेको सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्थताको कारणले आजको लागि सारिएको थियो।

पार्टीको आन्तरिक एकता र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि भइरहेका बेला नेकपाको बैठक बसेको हो।

प्रकाशित: २२ आश्विन २०७५ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App