काठमाडौ– पार्टीको तल्लो तहसम्मको एकिकरणको विषयमा छलफल गर्न नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटामा छलफल भइरहेको छ।
संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर फर्किएपछि अध्यक्ष द्वयबीच छलफल भएको हो। छलफलमा पार्टी महासचिब विष्णु पौडेल पनि सहभागि छन्। पार्टी भित्रै बाट सरकारको आलोचना भइरहकामा त्यस विषयमा पनि छलफल भइरहेको जनाइएको छ।
प्रकाशित: १९ आश्विन २०७५ ०८:२२ शुक्रबार