२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीको माधव नेपाललाई कटाक्ष, कवितात्मक कुराको पछि नलागौं

फाइल तस्बिर

काठमाडाै- प्रधानमन्त्री केपि शर्मा ओलीले आफू विदेश रहेका बेला पार्टीभित्र देखिएका विवाद तथा असन्तुष्टिहरु कुनै ठूलो कुरा नभएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभा बैठकमा भाग लिएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले संसदमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘देश डुब्न लाग्यो बचाउने माझी कोही छ’ भनी दिएको अभिव्यक्ति कवितात्मक र लयात्मक भन्दा केहि नभएको टिप्पणी गरे। 

पत्रकार सम्मेलनमा ओलीले माधव नेपालसँग आफ्नो लामो सौहार्दपूर्ण संम्बन्ध रहेको भन्दै त्यसमा कुनै खटपट नहुने स्पस्ट पारे। ‘माधव नेपालसँग मेरो २९ सालदेखिकै घनिष्ट सम्बन्ध हो। यसमा केहि हुँदैन ढ्रक्क हुनुहोस,’ ओलीले भने।

देश विकास, जनताको सेवा जस्ता दिर्घकालीन हितका विषयमा नसोचेर अस्थाइ कुराका पछाडि कुद्नु राजनीति नै नभएको उनले बताए। ‘विषयहिनता, मुद्धाहीनताले त्यस्तो भयो होला, तर त्यस्तो हुनुहुन्न,’ ओलीले भने। आफू नेतृत्वको सरकारले देश भित्र र बाहिर कहीपनि नराम्रो काम नगरेको दाबी ओलीको थियो।

 

प्रकाशित: १८ आश्विन २०७५ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App