२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

झा नियुक्तीबारे जवाफ दिन विकास समितिको निर्देशन, सञ्चारमाध्यम विरुद्ध खनिए सञ्चारमन्त्री

तस्बिरः रासस

काठमाडौं– नेपाल दुर सञ्चार प्राधिकरणको अध्यक्ष दिगम्बर झालाई नियुक्ति गर्नुपर्नाको कारण १५ दिन भित्र जवाफ पेश गर्न सूचना तथा सञ्चार प्रविधिमन्त्रालयलाई निर्देशन दिएको छ। 

समिति सभापति कल्याडी खड्काले निर्णय सुनाउँदै गर्दा संचार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले निर्णयमा हस्तक्षेप गरेका थिए। सभापतिले नेपाल टेलिकममा रिक्त अध्यक्षको नियुक्ती प्रतिस्पर्धाका आधारम गर्न निर्देशन दिँदै गर्दा मन्त्री बास्कोटाले हस्तक्षेप गरेका हुन्।

‘तपाइको यो निर्णय कसले लेख्छ जिवन्त निर्देशन दिनुपर्यो’, मन्त्री बास्कोटाले भने,‘नेपाल टेलिकमको अध्यक्षमा प्रतिस्पर्धाको आधारमा नियुक्ति गर्ने विषय कानुनमै उल्लेख छ। त्यसलाई निर्देशन दिइरहनु पर्दैन।’

सिंहदरबारस्थित समितिको बैठकमा झाको नियुक्तिबारे सांसद जिपछिरिड लामाले प्रश्न उठाएका थिए। बैठकमा उनले भने, सरकारले आफैले हटाएपछि विभिन्न निकाय चाहार्दै गएपछि फेरी उनैलाई किन नियुक्ति गरियो ? यसबारे जवाफ चाहिन्छ। नियुक्तीबारे प्रश्न उठेपछि १५ दिन भित्र जवाफ दिन समितिले निर्देशन दिएको हो।

सञ्चारमाध्यम विरुद्ध खनिए सञ्चारमन्त्री

बैठकमा  मन्त्री बाँस्कोटाले झा नियुक्तिको बचाउ गर्दै सञ्चारमाध्यम माथि तीव्र असन्तुष्टि जनाएका थिए। ‘मैले २० करोड रुपैयाँ घुस खाएको भनेरसमेत लेखे,’ बैठकमा उनले भने, ‘लेख्ने ले जेसुकै लेखुन म काम गर्न पछाडि हटदैन।’

सञ्चारमाध्यमले आफले भनेको कुरा नलेखेर उल्टो उल्टो लेख्ने गरेको समेत आरोप लगाए। अश्लिल बेवसाईट नियन्त्रण गर्ने सरकारको प्रयासलाई समेत सञ्चारमाध्यमले नकारात्मक टिप्पणी गरेको उनको भनाइ थियो। ‘अश्लिल सामग्री नियन्त्रण गर्न खोज्दा प्रेस स्वतन्त्रता हनन भयोसमेत भनियो,’ बाँस्कोटाले भने। 

प्रकाशित: १८ आश्विन २०७५ ०९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App