१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

रगतले मात्रै बिपीको बिरासत धान्दैन : सुजाता

काठमाडौं - नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४औं महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताएकी छिन्। विधानको वर्तमान व्यवस्थाअनुसार र्निधारी समयमै महाधिवेशन भए पनि अझै डेढ वर्षभन्दा बढी समय बाँकी रहँदै पार्टी नेताहरू नेतृत्व प्रतिस्पर्धाको गृहकार्यमा जुटिरहेका बेला सुजाताले भने सभापतिको प्रतिस्पर्धामा नरहेको घोषणा गरेकी हुन्।

स्तन र पाठेघर क्यानसरको उपचार गराइरहेकी सुजाताले राजनीति विश्राम लिन लागेको नभई पार्टी संगठन राम्रो भए पद त्यसै आउने बताउँछिन्। क्यानसर पूर्णरूपमा निको भइसकेको सुनाउँदै दसैं÷तिहारलगत्तै जिल्लाका कार्यक्रममा निस्कने उनले जानकारी दिइन्। ‘एकपटक फ्लोअपमा जान्छु। त्यहाँबाट आएपछि तिहारलगत्तै देशव्यापी कार्यक्रम लिएर जिल्ला जान्छु,’ सुजाताले नागरिकसँग भनिन्, ‘पद चाहिएको छैन र त्यसको लागि अहिले तयार पनि छैन । तर पार्टीलाई सहयोग गर्दै संगठन विस्तारमा लाग्छु।’

निर्वाचनमा पार्टी पराजित भएपछि देशभरिका नेता तथा कार्यकर्तामा निराशा छाएको र जिल्ला आउन आग्रह गरी रहेको बताउँदै भनिन्, ‘अब आफ्नो स्वार्थ मात्र भनेर स्वार्थी हुनु पनि भएन अब संगठनमा पनि ध्यान दिन्छु।’ नेता तथा कार्यकर्तासँग टुटेको सम्पर्क जोड्न पोखरा हुँदै तराईका जिल्ला जाने उनको योजना छ । पार्टीमा नयाँ नेतृत्व आवश्यक रहेको औंल्याउने सुजाता १४ औं महाधिवेशनले नयाँ नेतृत्व दिने दाबी गर्छिन् र आवश्यकता पनि रहेको सुनाउँछिन्। तर, स्वास्थ्यका कारण आफ्नो जीवनशैली परिर्वतन भएकाले नेतृत्वका लागि आफू तयार नरहेको बताइन्। ‘पार्टी नेतृत्व लिने हो भने फेरि मैले आफ्नो जीवनशैली पूरै परिवर्तन गर्नुपर्छ,’ सुजाता भनिन्, ‘अहिले म त्यसको पक्षमा छैन।’

कांग्रेसले अख्तियार गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई नै आम जनताले रुचाएको छ। यो बिरासत अघि बढाउने हो भने त्यो आधार समाउने व्यक्ति नेतृत्वमा आउनुपर्छ।’

नेतृत्वसँग जनताको टुटेको सम्पर्क स्थापित गर्न र युवालाई पार्टीमा आकर्षण गर्न नयाँ नेतृत्व आवश्यक रहेको उनको बुझाइ छ । ‘नेतृत्वप्रति सम्मान हुनुपर्छ । मान्छेले छिछि भनेर औंला उठाएको व्यक्ति नेता हुनसक्दैन,’ उनले भनिन्, ‘तरुण दल, नेवि संघ बोक्ने र सानो घेरामा रमाउने व्यक्तिले कांग्रेसको वर्तमानको चुनौती सामना गर्न सक्दैन ।’

कांग्रेसले अख्तियार गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई नै आम जनताले रुचाएको बताउँदै उनले भनिन्, ‘यो बिरासत अघि बढाउने हो भने त्यो आधार समाउने व्यक्ति नेतृत्वमा आउनुपर्छ।’

त्यस्तो व्यक्ति को हो त ? सुजाता भन्छिन्, ‘बिपीको बिरासत बोक्न सक्ने व्यक्ति नेतृत्वमा आउनुपर्दछ।’ परिवारभित्रबाटै नेतृत्व हुनुपर्छ भन्ने पनि नभएको तर्क गर्दै उनले भनिन्, ‘पार्टीमा जोसुकै नेता हुनसक्छन् तर, त्यसले बिपी लिगेसी चाहिँ बोक्नुपर्छ।’ रगतले नै बिरासत धान्न नसक्ने दोहो¥याउँदै उनले नेतृत्वका आकांक्षीले आफ्नो जिवनशैली परिवर्तन गरेर तल्लो तहका कार्यकर्तासँग नियमति सम्पर्क पूर्वसतका रूपमा आैंल्याइन्।

कांग्रेसको एउटा नेता कमजोर हुनु भनेको विपक्षीलाई बलियो बनाउनु भएको भन्दै उनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको एउटा कारण अन्तरघात पनि भएको बताइन्। ‘दुस्मन नै भए पनि कांग्रेसलाई हराएर कम्युनिस्ट जिताउनु राम्रो होइन,’ सुजाता भन्छिन्, ‘यसको अन्त्य आवश्यक छ।’

आफ्ना नेतालाई चुनाव हराउन अर्को पार्टीका उम्मेदवारसँग पैसा खाने नेताको पनि कमी नरहेको उनको बुझाइ छ। स्वच्छ र पार्टीप्रति इमान्दार व्यक्ति नेतृत्वमा नपुगेसम्म घातअन्र्तघात र सम्झौताले पार्टीलाई कमजोर बनाउने उनी बताउँछिन्। ‘एउटा भ्रष्ट व्यक्ति नेतृत्वमा पुग्यो भने उसले सम्झौता गर्दै जान्छ,’ उनले थपीन्, ‘नेतृत्वमा डर र भए भयो भने पार्टीलाई धेरै हानी गर्छ र गरिरहेकै छ।’

गुट÷उपगुटमा पार्टी विभाजित हुँदा टाढाबाट आएका पार्टी कार्यकर्ता कसलाई भेट्ने र के गर्ने भन्ने अन्योलमा रहेको सुनाउँदै उनले भनिन्, ‘संगठन भनेको माला लगाउने भाषण गर्ने होइन। नेता तथा कार्यकर्ताको काम गर्ने हो।’

तल्लो तहलाई बलियो बनाउने भन्दा गुटका आधारमा मात्र कामहुँदा संगठन दिनप्रतिदिन कमजोर बन्न पुगेको उनको विश्लेषण छ। ‘गुट यति बलियो छ कि गुटबाहेक अरुको कामै हुँदैन,’ उनले भनिन्, ‘अल्छी र विलासी जीवनशैली भएको नेतृत्वले पार्टीलाई कमजोर बनाउँछ। नेतृत्वले यस्ता धेरै कुरा त्याग्नुपर्छ।’

तल्लो तहका कार्यकर्ताको कुरा सुन्ने र वास्तविकता बुझ्न कोही तयार नरहेको सुनाउँदै उनले भनिन्, ‘कार्यकर्ताको कुरा सुन्ने होइन नेतालाई भेट्न पनि मुस्किल छ अनि कसरी संगठन बलियो बन्छ?’

तलैसम्म पुगेको गुटबन्दीला अन्त्य गरे जनस्तरमा टुटेको सम्बन्ध फेरि स्थापित गर्न सबै लाग्नुपर्ने उनको बुझाइ छ। ‘भाषण बन्द गर्नुप-यो। पार्टीलाई बलियो बनाउन तल्लो तहका नेता कार्यकर्तासँग छलफलमा जुट्नुपर्छ,’ उनले भनिन्, ‘शेखरदा पछिल्ला दिनमा तल्लो तहका कार्यकर्तासँगको भेटघाटमा सक्रिय हुनुहुन्छ। शशांक दाले पनि गरिरहनु भएकै छ, तर अझ तलसम्म जानुपर्छ। विवाद मिलाउँदै जानुपर्छ यतिले पुग्दैन।’

आपूmलाई सोसल डेमोक्रयाट बताए पनि कांग्रेसमा त्यो चरित्र नै हराएको बताउँदै नेताको बोली र व्यवहारमा विभन्नता रहेको गुनासो गरिन् । बिपीको विचारलाई समयअनुसार परिवर्तन र परिमार्जनसहित कार्यकर्तामा लैजानुपर्ने औल्याउँदै कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले गाउँगाउँमा प्रशिक्षणसहितका कार्यक्रम दिंदा संगठन बलियो बनेको उनको तर्क छ। ‘अहिले होटलहरूमा त्यस्ता कार्यक्रम हुन्छ । पैसा खर्च गरेर तडकभडक ग-यो तर संगठनलाई कुनै फाइदा छैन,’ सुजाता भन्छिन्, ‘कांग्रेस भनेको थाहै छैन भोट हाल्न र चुनाव जित्न सदस्यता वितरण गरेर पार्टी चल्दैन।’

कोइराला परिवारका शशांक, शेखरमध्यबाटै पार्टी नेतृत्वमा पुगे राम्रो हुन्थ्यो भन्ने लाग्नु स्वभाविक भएको उनले सुनाइन्। पार्टीमा लामो समय बिताएका र योगदान गरेका धेरै नेता रहेकाले सबैसँग छलफल गरेर अघि बढ्नुपर्ने उनको बुझाइ छ।

‘उहाँहरू दुईजना जुनसुकै पदमा प्रतिस्पर्धा गरे पनि मेरो पूर्ण समर्थन रहन्छ,’ उनले भनिन्, ‘अहिले नै सभापति को बन्ने भन्ने बेला आएको छैन। पदलाई होइन पहिला संगठन बनाउन लाग्नुपर्छ। संगठन बिनाको पार्टी सभापति बनेर तपाई के गर्नुहुन्छ?’

नेतृत्वमा पुग्न शाशंक र शेखर दुवैले अझै धेरै त्याग गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘आफ्नो जीवनशैली परिर्वतन गर्नुपर्छ। पदमात्र लिएर हुँदैन काम पनि गर्नुपर्छ। गलत निर्णय र काम गर्नु हुँदैन। त्यसको दोष हामीले मात्र होइन अघिल्लो पुस्तामा पनि जान्छ।’ परिवारको इज्जत जाने काम नगर्न र जनताको चाहनाअनुसार अघि बढ्न दुवैलाई उनले सम्झाउने गरेकी पनि छिन्।

बिहान ५ बजे उठेर योगाबाट दैनिकी सुरु गर्ने सुजाता राती ९ बजे सुतिसक्छिन्। क्यान्सरको संक्रमण देखिएपछि उठ्ने बित्तिकै कफी पिउने आदत बदलेकी उनी पहिला योगापछि मात्रै कफी पिउन थालेकी छिन्। ‘कफी पिएपछि एकदेखि दुई घन्टासम्म हिँड्छु,’ उनले भनिन्, ‘शरीरलाई स्फूर्ति राख्न आयुर्वदिक औषधि र चिया खान्छु।’ अपवादबाहेक बाहिरको खाना खान छाडेकी सुजाताले भन्छिन्, ‘बाहिरको त खाँदै खाँदिन। घरमा पनि अर्गानिक खाना खान्छु। बाहिरको खानाले तौल बढ्दो रहेछ।’

पहिलाभन्दा शरीरको तौल घटेकाले पनि आफूलाई निकै फाइदा भएको सुनाउँदै उनले भनिन्, ‘पहिला तौल कसरी घटाउने भन्ने निकै चिन्ता थियो । अहिले ठिक्क भएको छ।’ सुजाता र उनको दल कांग्रेस सत्तामा रहेका बेला जस्तो अहिले नेता तथा कार्यकर्ताको निवासमा भीड छैन। अस्वस्थ सुजातालाई किन बिथोल्नु भनेर पनि धेरैजना नआएको भन्दै सुजाताले आएकामध्ये धेरैले सहयोगी लक्ष्मणलाई भेटेर फर्कने गरेको सुनाउँछिन्।

प्रकाशित: २८ भाद्र २०७५ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App