काठमाडौं - गरिबी निवारण कोषको एमआइएस प्रणाली (आन्तरिक सफ्टवेयर)मा क्षति हुँदा कोषका स्थापना कालदेखि अहिलेसम्मका सबै डाटा जोखिममा परेका छन्। गत बुधबारदेखि कोषको एमआइएस प्रणाली क्षतिग्रस्त भएको छ। एक करोड रूपैयाँभन्दा बढी खर्च गरेर बनाइएको एमआइएस सिस्टममा ब्याकअप सर्पोट राखिएको छैन। यसबाट २०६० साल देखि हालसम्मका सबै डाटा जोखिममा परेका हुन्।
कोषले हालसम्म करिब ३१ अर्ब बजेट खर्च गरिसकेको छ । ३१ अर्बमध्ये १९ अर्ब रुपैयाँ कोषले घुम्ती कोष (रिभब्लिङ फन्ड) मा खर्च गरेको छ। घुम्ती कोषअन्तर्गत खर्च गरिएको कुनै पनि डाटा अहिले कोषसँग छैन । ३२ हजार सामुदायिक संस्थालाई अनुदान दिन कोषले हालसम्म घुम्तीको कोषको करिब १९ अर्ब रुपैयाँ खर्च गरिसकेको छ।
कोषले हालसम्म करिब ३१ अर्ब बजेट खर्च गरिसकेको छ। ३१ अर्बमध्ये १९ अर्ब रुपैयाँ कोषले घुम्ती कोष (रिभब्लिङ फन्ड) मा खर्च गरेको छ। घुम्ती कोषअन्तर्गत खर्च गरिएको कुनै पनि डाटा अहिले कोषसँग छैन।
एमआइएस सिस्टममा क्षति हुँदा कोषका सम्पूर्ण इमेल पूरै नष्ट भएका छन्। पछिल्लो ६ महिनाको कुनै पनि रेकर्ड कोषसँग नरहेको कोषका एक कर्मचारी बताउँछन। कोषका प्रवक्ता श्रीराम सुबेदीले एमआइएस सिस्टमा क्षति भएको स्वीकार गर्दै त्यसलाई पुनस्र्थापना गर्ने प्रयास भइरहेको बताए । यसबारेमा प्रधानमन्त्रीको कार्यालय, सूचना प्रविधि मन्त्रालयलगायत प्रहरीलाई समेत जानकारी गराएको उनले बताए । उनले भने, ‘यो प्राविधिक कुरा हो। सिस्टममा ह्याक भएको हो।’ तर कोषका अर्का एक कर्मचारी भने सिस्टमा ह्याक भएको भन्दा पनि आवश्यक सतर्कता र तयारी नहुँदा सिस्टममा क्षति भएको बताउँछन् । ती कर्मचारी भन्छन्, ‘कमसेकम ब्याकअप सर्पोट राखेको भए कम क्षति हुने थियो।’
कोषले गत पाँच दिनदेखि क्षतिग्रस्त सिस्टमको पुनस्र्थापना गर्न सकेको छैन। सिस्टम पहिलेकै अवस्थामा पुनस्र्थापना हुने सम्भावना कम रहेका कारण प्राविधिकहरू सर्भरमा हराएको हिसाबकिताब राख्न यसअघिका बिल, मेनुअल रेकर्डलगायत अन्य कागजात खोज्न थालेका छन्। कोषका एमआइएस सिस्टम अफिसर तथा अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख मोहन जिसीले कोेषको एमआइएस सिस्टम क्षतीग्रस्त नभई ह्याक भएको दाबी गरे। सिस्टमा ह्याक भए पनि डाटा पुनस्र्थापना गर्ने प्रयास भइरहेको उनको भनाइ छ। ‘सिस्टम ह्याक हुँदा पनि बढीमा एक प्रतिशत डाटा हराउँछ। अरु सबै डाटा पुनस्र्थापित गर्ने प्रयास भइरहेको छ,’ उनले भने।
कोषको एमआइएस प्रणालीमा क्षतिग्रस्त भएको घटनामा मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय गम्भीर भएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ। कोषका सञ्चालक समितिका अध्यक्ष प्रधानमन्त्री हुने कोषको ऐनमा व्यवस्था छ। कोषका प्राविधिकले भने प्रधानमन्त्रीको कार्यालयलाई केआरएबी भाइरसले आक्रमण गरी कोषको सर्भरमा ह्याक गरेको जानकारी गराएको स्रोतको भनाइ छ।
प्रकाशित: ११ भाद्र २०७५ ०१:५४ सोमबार