१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारले गठन गर्‍यो सार्वजनिक खर्च पुनरावलोकन आयोग

काठमाडौं- मन्त्रिपरिषदले डा. डिल्लीराज खनालको अध्यक्षतामा सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको छ। आयोग पाँच सदस्यीय हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। आयोगका अध्यक्षको सुविधा राज्यमन्त्री सरह हुने छ।

विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संस्था आइडिएबाट एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार आयोजनाको लागि प्राप्त हुने अनुदान सहायता रकमलाई अनुमोदन गरेको छ। अनुदान रकम एक अर्व ६४ करोड रहेको छ।

यस्तै पञ्चेश्वर विकार प्राधिकरणमा नेपालको तर्फबाट अतिरिक्त प्रमुख कार्यकारी अधिकृतकोरुपमा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव चिरन्जिवी चटौतलाई पठाउन मन्त्रिपरिषदले निर्णय गरेको छ।

प्रकाशित: ३ भाद्र २०७५ १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App