२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधन गरेर समस्या समाधान गर्नुपर्छ : उपप्रधानमन्त्री यादव

भक्तपुर– उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हालसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। 

विगतमा भाषा, लिंग, जाति, वर्ग र क्षेत्रका आधारमा विभेद गरिएको भन्दै अब सबै खालको विभेदहरुको अन्त्य गरेर अघि बढ्नुपर्नेमा उनको जोड छ।

मंगलबार भक्तपुरमा आयोजित फोरम भक्तपुर नगरको भेलामा अध्यक्ष यादवले विगतमा एउटै भाषा र एउटै संस्कृतिको नीतिले गर्दा मुलुकका अन्य भाषा र संस्कृतिमाथि विभेद भएको बताए। उनले संविधान संशोधन गरी सबै खालका राष्ट्रिय मुद्दाहरुको सम्बोधन गरिने प्रतिवद्धता आएकाले नै आफ्नो पार्टी सरकारमा सहभागी भएको प्रष्ट पारे।

‘हामी संविधान संशोधन र राष्ट्रिय मुद्दाहरुको सवालमा राज्यले सम्बोधन गर्ने प्रतिवद्धताको आधारमा सरकारमा सहभागी भएका छौं,’ अध्यक्ष यादवले भने, ‘अब संविधान संशोधन गरेर मुलुकको यावत् समस्याहरुको समाधान गर्नुपर्छ।’

भेलामा पार्टीका सहअध्यक्ष तथा संघीय सांसद राजेन्द्र श्रेष्ठले समेत आफ्नो धारणा व्यक्त गरेका थिए।  कार्यक्रममा आङ देण्डी शेर्पा, लाक्पा शेर्पा, वीरेन्द्र प्रधानलगायत पार्टीका नेताहरुको सहभागिता थियो।

प्रकाशित: २२ श्रावण २०७५ ०९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App