२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट

खोटाङ –जिल्ला अदालत खोटाङले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट गरेको छ। आर्थिक वर्ष २०७४÷०७५ मा ७५ प्रतिशत मुद्दा फर्छ्याैट गर्ने लक्ष्य राखेको अदालतले ७७.४१ प्रतिशत मुद्दा फर्छ्याैट गरेको हो।

बार्षिक योजना कार्यान्वयनको लक्ष्य र प्रगतिको बिषयमा जानकारी दिन सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अदालतले लक्ष्यभन्दा बढी प्रगती भएको जानकारी दिएको छ । जिम्मेवारी सरेर आएको ११३ वटा र चालु आर्थिक वर्षमा परेका १६६ वटा मुद्दामध्ये २१६ मुद्दा फर्छ्याैट गरिएको जिल्ला अदालतका श्रेष्तेदार प्रदिपकुमार उपाध्ययले बताए । ६३ वटा मुद्दा फर्छ्याैट बाँकी रहेको छ। 

यस आर्थिक वर्ष सबैभन्दा बढी ९२ वटा दुनियाँबादी फौजदारी मुद्दा फर्छ्याैट भएको छ । यस्तै, सरकारबादी फौजदारी सम्बन्धी ७४ वटा, दुनियाँबादी देवानीका ४९ वटा मुद्दा र रिट निबेदनका १ वटा मुद्दा फर्छ्याैट भएको अदालतले जनाएको छ । १ वर्ष नाघेका मुद्दाकाे संख्या शुन्यमा झार्ने लक्ष्य राखे पनि ६ थान मुद्दा बाँकी रहेको छ। 

 

प्रकाशित: ३२ असार २०७५ १४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App