२० आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन

अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभा तान्जानियाको अरुसास्थित अरुसा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा औपचारिक रूपमा उद्घाटन भएको छ।

स्थानीय समयअनुसार साँझ ७ः१५ बजे आयोजित उद्घाटन समारोहमा विश्वका विभिन्न मुलुकका संसदीय प्रतिनिधिमण्डलको सहभागिता रहेको सभामुखको सचिवालयले जनाएको छ।

महासभाका क्रममा नेपाली प्रतिनिधिमण्डलले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दो विपद् र त्यसबाट उत्पन्न चुनौतीका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ। साथै, जलवायुजन्य विपद् न्यूनीकरण तथा उत्थानशीलता अभिवृद्धिका लागि संसदीय सहकार्यलाई प्राथमिकतामा राख्दै विभिन्न मुलुकका प्रतिनिधिमण्डलसँग छलफल र सहकार्यका लागि पहल गरिरहेको छ।

प्रकाशित: २० आश्विन २०८३ ११:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App