९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

कानून निर्माणलाई तीव्रता दिइएको छः मुख्यमन्त्री पाेखरेल

बुटवल- मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ को विकास र समृद्धिका लागि सरकारले प्रादेशिक योजना आयोग बनाएर योजना निर्माण गरिरहेको बताएका छन्।

बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) का देशीय प्रमुख डा रुरिक मार्सदेनसँगको भेटमा उनले भने, “अहिले कानून निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको छ।”

मुख्यमन्त्री पोखरेलले समुदायलाई लाभ पुग्ने र नतिजा दिने खालका विकास परियोजनामा जोड दिएर अघि बढ्न डिएफआइडीलाई आग्रह गरे।

डिएफआइडीका प्रमुख डा. मार्सदेनले सरकारका प्राथमिकता प्राप्त योजना र व्यवस्थित शहरीकरणका लागि डिएफआइडीले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै डिएफआइडीेले नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताए ।

 

प्रकाशित: २७ असार २०७५ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App