काठमाडौँ- विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयका विभिन्न शीर्षकमाथि आज राष्ट्रियसभामा छलफल भइरहेको छ।
बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ ।प्रमुख प्रतिपक्षी दलका सांसद रमेशजंग रायमाझीले विनियोजन विधेयक, २०७५ अन्तर्गत भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकम घटाइ रु एक गरियोस् भनी खर्च कटौती प्रस्ताव प्रस्तुत गरे।
सांसद रायमाझीले मुलुकलाई आर्थिक समृद्धिमा लैजाने हो भने साना सडक भन्दा ठूला सडकका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा बजेटमा त्यस्तो नभएको बताए।उनले भने, “महानगरपालिकाका लागि विनियोजित रकम अपुग भएको र सेनामा पनि फाष्ट ट्र्याकको नाममा आफ्ना मान्छेलाई मात्र बढुवा दिने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्न आवश्यक छ ।”
प्रकाशित: २२ असार २०७५ ०७:०२ शुक्रबार