काठमाडौं । चीनको ६ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै छन्।
यही असार ४ गते ११९ जनाको नेतृत्व गर्दै चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली आज विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्रोतले बताएको छ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच विद्युतीय कार्गो रेललाई केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौता, समझदारीपत्र (एमओयु) र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।
प्रकाशित: १० असार २०७५ ०२:४९ आइतबार