३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कम्युनिष्टहरु आफूईतरका विचारलाई स्विकार्दैनन् : उपसभापति निधि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गर्ने जिकिर गरेका छन्। उनले कम्युनिष्टहरुले आफूईतरका विचारलाई स्वीकार नगर्ने समेत आरोप लगाए। 

शुक्रबार रिपोर्टर्स क्लबमा गीति एल्वम् ‘झल्को’ विमोचन समारोहमा बोल्दै निधि भने, ‘लोकतन्त्रले मानिसलाई स्वतन्त्र बनाउन मद्दत गर्छ, हाम्रो समाजमा दुई थरिका प्रसंगहरु उठ्ने गर्दछन्, एउटा प्रजातान्त्रिक अर्को कम्युनिष्ट, कम्युनिष्टहरुले आफ्ना कुराहरु स्वीकार गर्नेलाई मात्रै सम्मान गर्न सक्छन् तर लोकतान्त्रिक पक्षले आफ्ना बारेमा गरिएका आलोचना र कमजोरीहरुलाई सुन्छ, त्यसकारण गीत–संगीत क्षेत्रबाट कलाकारहरुले दबिएका आवाजहरुलाई उठाउनु पर्ने हुन्छ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधिले गीत सपना र विपना हो भन्ने धारणा राख्दै भने,‘गीत आन्दोलन हो, गीत गाली हो, गीत सम्मान हो, समवेदना, प्रेम, बिछोड सबथोक गीत हो, त्यसैले कृष्ण भाईले रोजेको पाटो राम्रो छ, भाईलाई हाम्रो साथ रहनेछ।’

प्रकाशित: २६ जेष्ठ २०७५ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App