५ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

सांसदहरूलाई प्रधानमन्त्रीको जवाफ: पहिरो गयो भने सरकारले भाउ बढायो भन्ने ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मूल्य वृद्धि स्वभाविक प्रकृया भएको बताएका छन्। आइतबार प्रतिनिधिसभामा सम्बोधनपश्चात सांसदहरुले राखेको जिज्ञासाको उत्तर दिँदै ओलीले अन्यायपूर्ण तवरले मूल्यवृद्धि नभएको बताए।

 मूल्यवृद्धिको विषयमा बोल्दै उनले समय र परिस्थिति अनुसार हरेक वस्तुको मूल्य वृद्धि हुने बताए। उनले भने, ‘मैले थाहा पाउँदा घिउ ५० पैसा माना थियो, सुन ९० रुपैयाँ तोला थियो अहिले त्यो भाउ कहाँ पुगिसक्यो, त्यो भाउ कति धेरै भइसक्यो।’

मूल्यवृद्धि परिस्थितिले गराउने भन्दै उनले भने, ‘बाटोमा पहिरो गयो भने गोलभेडाको भाउ बढ्छ, तर सरकारले भाउ बढायो भन्छन्, बाटोमा गोलभेडा रोकिएर भाउ बढेको हेर्नुपर्‍यो नि, पहिराे गयाे भने सरकारले भाउ बढायाे भन्ने ?’ अस्वभाविक रुपमा कसैले पनि मूल्यवृद्धि नहुने भन्दै उनले यसविषयमा सरकारले ध्यान दिएको बताए । 

 

प्रकाशित: १३ जेष्ठ २०७५ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App