२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

दाहालको ओलीलाई प्रश्न : त्यस्तो के ट्वीट गरेको ?

फाइल तस्बिर ।

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वुधबार पार्टी एकताबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दाहालले प्रधानमन्त्री ओलीको ट्विटरमा आएका विषयबारे प्रश्न गरेका थिए।

दाहाल निकट स्रोतका अनुसार उनले ट्विटरमा भनिएको विषय को प्रति लक्षित हो भन्दै दाहालले ओलीलाई प्रश्न गरेका थिए। एकताको प्रक्रिया चलिरहँदा नेतृत्वबाट भ्रम सृजनाहुने खालका कुरा गर्न नहुने भन्दै दाहालले ओलीलाई ट्विटले भ्रम छरेको बताएका थिए। सोमबार प्रधानमन्त्रीले सोमबार 'हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं। आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ। लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ। किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ। सार्वभौमसत्ता जनतामा थियो र छ।' भन्दै ट्विट गरेका थिए।

दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा पनि भेटवार्तामा ट्वीट लगायत सञ्चार माध्यममा आएका विषयबस्तुले सृजना गरेका भ्रम माथिको छलफल पश्चात वातावरण सहज बनेको उल्लेख छ।

 

हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ।किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।

— K P Sharma Oli (@kpsharmaoli) May 7, 2018

 

प्रकाशित: २६ वैशाख २०७५ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App