२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरूसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा मंगलबार छलफल गरेका छन्।

बिहान बालुवाटारमा आयोजित छलफलमा अव्यवस्थित बसोबासलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको छ। प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास विकासको बाधक भएकोले त्यसलाई व्यवस्थित गर्न बस्तीहरू हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए।

यसैगरी भूउपयोग सम्बन्धि नीति पनि बनाउनु पर्ने पूर्व प्रधानमन्त्रीहरूले सुझाव दिएका छन्।

बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको सहभागिता थियो।

प्रकाशित: २५ वैशाख २०७५ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App