१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले धनुषामा रघुविर महासेठको समूह निर्वाचित

नेकपा (एमाले) धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्। उनले ४०२ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले २ सय मत प्राप्त गरेका छन्।

नवनिर्वाचित अध्यक्ष भोलाले एमाले पार्टी सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुविर महासेठको समूहबाट उम्मेदवारी दिएका थिए भने लक्ष्मीनारायण पार्टी केन्द्रीय सदस्य उमाशंकर अरगरिया प्यानलका उम्मेदवार बनेका थिए।

पराजित लक्ष्मीनारायण मधेस प्रदेश सभामुख रामचन्द्र मण्डलका राजनीतिक सल्लाहकार हुन्।

उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दिपन ठाकुर, उपसचिवमा सविन थापा र महिला उपसचिवमा रुका मिश्र विजयी भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचितहरू सबै रघुविर महासेठ प्यानलका रहेका छन्।

गत बुधबार सम्पन्न मतदानमा ६ सय २८ मध्ये ६ सय १५ जना प्रतिनिधिले मतदान गरेका थिए।

वैशाख २० गते सुरु भएको एमालेको ८ औं जिल्ला अधिवेशनको क्रममा दुई समूहबीच कुटाकुट भएको थियो।

प्रकाशित: ९ जेष्ठ २०८२ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App