५ असार २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई रावलको प्रश्न : यो शासन, कुशासन के हो?

नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको शासन र आर्थिक नीतिमाथि गम्भीर प्रश्न उठाएका छन्।

उनले सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै नुनको कारोबार नेशनल ट्रेडिङबाट खोसेर व्यापारी मोती दुगडलाई दिएको आरोप लगाएका हुन्। यो कदमले सार्वजनिक संस्थालाई कमजोर बनाएर निजी व्यापारीलाई पोस्ने नीति देखाएको उनले उल्लेख गरे।

आर्थिक अवस्था पनि चिन्ताजनक रहेको रावलको दाबी छ। रावलले वित्त घाटा २ खर्ब ११ अर्ब ५५ करोड पुगेको, १४ खर्बको राजस्व लक्ष्यमा ९ खर्ब मात्र उठेको र वैदेशिक अनुदान २४ प्रतिशत मात्र प्राप्त भएको छ।

कर्मचारीको ७५ प्रतिशत सरुवा अनियमित भएको र स्वास्थ्य बीमा कार्यक्रममा विपन्न जनताबाट रकम लिई उपचार नदिएको उनले बताए। उनका अनुसार धितोपत्र बजारमा पनि संकट देखिन्छ। नेप्से परिसूचक २६ सय विन्दुमा झरेको र बजार ७।७५ अर्बले घटेको उनको जिकिर छ।

नेता रावलले एक मारवाडी व्यापारीले धितोपत्रको मूल्य बढाएर लगानीकर्तालाई ठगेको कुरा पनि उल्लेख गरेका छन्। यी तथ्यले सरकारको आर्थिक दाबीलाई गलत सावित गरेको उनको ठहर छ।

प्रकाशित: ४ जेष्ठ २०८२ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App