४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माेदी भ्रमणकाे तयारीका लागि गृहमन्त्री जनकपुरमा

जनकपुर– गृहमन्त्री रामबहादुर थापाले जनकपुरस्थित जानकी मन्दिर र १२ विघाको अनुगमन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण तयारीका लागि सुरक्षाव्यस्था बुझ्ज गएका गृहमन्त्री थापाले सो स्थानको भ्रमण गरेका हुन् । 

भ्रमणमा थापासँगै गृहसचिव देवकुमार राई, गृहप्रवक्ता रामकुष्ण सुवेदी र तीनवटै सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।

गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण राजनीतिक नभएर धार्मिक र साँस्कृतिक रहेको बताए । १२ विघाको अनुगमनका क्रममा उनले प्रधानमन्त्री मोदी जनकपुरको दर्शन गरेर मुक्तिनाथ जाने र त्यसपछि काठमाडौं आउने जानकारी दिए । त्यसका लागि संघीय र प्रदेश दुबै सरकारले भ्रमणको तयारी गरेको बताए ।

मोदीलाई स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैँ पनि उपस्थित हुनसक्ने जानकारी थापाले दिए । उनले चुस्त सुरक्षा प्रबन्ध मिलाउन तीवनटै सुरक्षा निकायका प्रमुखलाई निर्देशनसमेत दिए ।

प्रधानमन्त्री मोदीको जानकी मन्दिरको दर्शनपछि १२ विघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । अभिनन्दन कार्यक्रममा एक लाख बढीको सहभागीता गराउने प्रदेश सरकारले तयारी गरेको छ ।

नागरिक अभिनन्दनपछि मोदी मुस्ताङ दर्शन गर्ने र त्यसपछि काठमाडौं जाने कार्यक्रम रहेको छ । 

 

प्रकाशित: १८ वैशाख २०७५ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App