१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

सांसद गुरुङद्वारा राजीनामा

लुम्बिनी प्रदेश सभाकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन्। सांसद गुरुङले मङ्गलबार (आज) सभामुखसमक्ष राजीनामा दिएकी हुन्।

उनले राजीनामापत्रमा देश र जनताको पीर-मर्का राम्ररी बुझेको जिकिर गर्दै राष्ट्र र जनताभन्दा माथि केही नहुने औँल्याएकी छन्।

'मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ’, उनले लेखेकी छन्। 

उनले जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको बताएकी छन्। 

उनी विगत केही महिनायता संसदीय दलको बैठकमा उपस्थित थिइनन्। 

गीता डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद हुन्।

प्रकाशित: ३० वैशाख २०८२ १८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App