७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

राजेन्द्रको आह्वान: देशभक्त शक्तिहरू एकजुट होऔं

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी शक्तिहरूलाई आग्रह-पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एकजुट हुन अपिल गरेका छन्।

राप्रपा सबैसँग मिलेर काम गर्न तयार रहेको उनले स्पष्ट पारे। सोमबार काठमाडौंको शान्तिवाटिकामा राप्रपा नेपालले आयोजना गरेको सभालाई सम्बोधन गर्दै लिङदेनले देश अहिले इतिहासकै कठिन परिस्थितिबाट गुज्रिरहेको बताए।

‘भ्रष्टाचार र कुशासनले देश आक्रान्त छ, भावी सन्ततिको भविष्य अन्योलमा छ,’ उनले भने, ‘यस्तो बेलामा देशभक्त शक्तिहरू एक ठाउँमा उभिनुको विकल्प छैन।’

लिङ्देनले प्रजातन्त्र र लोकतन्त्रको नाममा देशमा लुटतन्त्र र निरंकुशता मौलाएको जिकिर गरे। ‘यसको अन्त्यका लागि हामीबाहेक अर्को शक्ति छैन। सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ,’ उनले भने।

उनले राप्रपाले सबै पक्षसँग सहकार्य गरी देशलाई निकास दिने प्रतिबद्धता व्यक्त गरे। देश विशिष्ट र संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै लिङ्देनले राष्ट्रवादी शक्तिहरूको एकताले मात्र वर्तमान चुनौतीको सामना गर्न सकिने बताए।

प्रकाशित: १५ वैशाख २०८२ १६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App