८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

उपसमितिले समितिलाई बुझायो पोखरा विमानस्थल अध्ययन प्रतिवेदन

गोकुल बाँस्कोटा भन्छन् : पूरा नहुँदै विमानस्थल किन सञ्चालनमा ल्याइयो ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित संसदीय उपसमितिले आफ्नो प्रतिवेदन पूर्ण समितिलाई बुझाएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले सोमबार लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।  

छानबिनका क्रममा उपसमितिले १० अर्ब बढीको अनियमितता भएको निष्कर्ष निकालेको थियो । टेन्डर आह्वानदेखि निर्माणसम्पन्न हुँदासम्म पाइला पाइलामा घोटाला भएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।  

सार्वजनिक लेखा समितिले गत वर्षको असार १४ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गरी प्रतिवेदन तयार गर्न उपसमिति गठन गरेको थियो । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न पनि समितिले सोही दिन उपसमिति बनाएको छ । 

यो पनि पढ्नुहोस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: निर्माणको क्रममा १४ अर्बको घोटाला

यसैबीच, उपसमिति सदस्य समेत रहेका नेकपा (एमाले) सांसद गोकुल बाँस्कोटाले पूर्णरुपमा निर्माण सम्पन्न नहुँदै विमानस्थल सञ्चालनमा ल्याउनेलाई कारबाहीको माग गरेका छन् । प्रतिवेदनमा फरक मत राख्दै उनले निर्माणका कतिपय कार्यहरु सम्पन्न नभएको र प्राविधिक परीक्षण समेत बाँकी रहेको अवस्थामा विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गर्नुपनि अनियमितता भएको उनको भनाइ छ ।

फरक मत राख्नै बाँस्कोटाले भनेका छन्, 'निर्माणका कतिपय कायर्यहरु सम्पन्न नभएको र प्राविधिक परीक्षणसमेत पूर्ण रुपमा नभएको अवस्थामा विमानस्थल उद्घाटन र हस्तान्तरण कुन आधारमा, किन र कसरी गरियो भन्ने विषयमा समेत यकिन गरी आवश्यक कानुनी कारबाहीका लागि सिफासि गर्नुपर्ने मेरो थप राय  रहेको छ ।'

प्रकाशित: १५ वैशाख २०८२ १५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App