४ वैशाख २०८२ बिहीबार
image/svg+xml ७:१० पूर्वाह्न
राजनीति

समाजवाद निर्माणमा नीतिगत स्पष्टता खोज्न एमाले बुद्धिजीवी परिषद् र प्रवासी मञ्चबिच सम्झौता

नेकपा (एमाले) को नेपाल बुद्धिजीवी परिषद् र प्रवासी नेपाली मञ्चबिच समाजवाद निर्माणमा नीतिगत स्पष्टता खोज्न सम्झौता भएको छ।

एमाले पार्टी कार्यालय च्यासलमा भएको समृद्ध नेपाल सुखी नेपालीको अवधारणा तयार पर्ने सम्बन्धमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको संरक्षणमा आज एक कार्यक्रमबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

कार्यक्रम एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले बौद्धिक समाजवाद निर्माण गर्न विचारलाई व्यवस्थित गर्नुपर्ने बताएका छन्। उनले एमालेको विचारले नै समृद्ध र सुखी नेपालीको नाराले सार्थकता पाउने बताए।

'समृद्धि र सुखी नेपालीको नारा लागाउँछौँ र यो नारा मात्र हैन यो राष्ट्रिय आकांक्षा भन्नु नेपाल बौद्धिक समाजवाद हो। नेपाल बौद्धिक  समाजवाद निर्माण हामी कसरी गर्न चहान्छौं भने आफ्ना विचारलाई व्यवस्थित बानाउनु पर्ने हुन्छ। व्यवस्थित विचारहरूलाई सोही ढंग अनुसार पुर्‍याउनु पर्ने हुन्छ,' पोखरेलले भने।

उनले सुखी समृद्ध नेपाल बनाउन पार्टीका संगठन सक्रिय हुन निर्देशन समेत दिए। 'संगठन संस्थाहरू क्रियाशील हुनु पर्छ। यो समझदारी गर्ने र काम निर्धारित समयमा सम्पन्न हुन्छ। एमालेले अगाडि सारेका कम्युनिष्ट आन्दोलनलाई कम्युनिष्ट पार्टीले नेतृत्व गरेर आन्दोलन निर्माण गर्ने सहयोग पुर्‍याउनेलाई धन्यवाद दिन चहान्छु। हाम्रा जति पनि संस्थाहरू छन् यी सबैलाई परिचालित गर्नु्पर्छ,' पोखरेलले भने।

सम्झौता अनुसार समयमै नै काम गर्न उनले बुद्धिजीवी परिषद् र प्रवासी मञ्चलाई उनले आग्रह गरे। कार्यक्रम एमाले उपमहासचिव प्रदीप ज्ञावलीले सुखी र सम्बृद्धी बनाउने विकासको नयाँ अवधारणा रहेको बताए। प्रवासी नेपाली मञ्चका अध्यक्ष संजय थापाले  विदेशमा छरिएर रहेका धेरै बुद्धिजीवीहरूको सहयोगमा स्रोत साधन जुटाएर सहयोग गर्ने बताए।

नेपाल बुद्धिजीवी परिषद्का उपाध्यक्ष विदान आचार्यले समाजवाद निर्माणको अवधारणा निर्माण हुने बताए। यस्तै परिषद्का केन्द्रीय सदस्य विश्वास खतिवडाका अनुसार तीन संस्थाको सहकार्यले समाजवाद निर्माणमा नीतिगत स्पष्टता र कार्यनयनको दिशा र संगठनात्मक बल प्रदान गर्ने बताए।

प्रकाशित: २२ चैत्र २०८१ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App