सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संविधान विरोधी गतिविधि गर्ने छुट कसैलाई नभएको बताएका छन्।
स्याङ्जाको वालिङ नगरपालिका–१३ उदियाचौरस्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'हिंसात्मक गतिविधि, लुटपाट, आगजनी तथा शान्ति सुरक्षा खलल पार्नेगरी संविधान विरोधी गतिविधि गर्नेलाई राज्यद्रोहको मुद्दा लगाउन सकिन्छ,' उनले भने, 'त्यसो गर्न कसैलाई छुट छैन।'
अगाडी उनले भने, 'अहिले देश धेरै अगाडि गइसकेको छ, अब पछाडि फर्किन सम्भव छैन, राजतन्त्र आउने कुरा कल्पना बाहिरको कुरा हो।'
नागरिकले राजनीतिक दलहरूबाट गरेका आशा तथा अपेक्षा चाहेअनुरुप पूरा हुन नसके पनि गणतन्त्रपश्चात् विकासले धेरै फड्को मारेको गुरुङको भनाइ थियो ।
प्रकाशित: २१ चैत्र २०८१ २०:३९ बिहीबार