२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १५:२५ अपराह्न
राजनीति

यो सरकारले प्राधिकार गुमाइसकेको छ : त्रिपाठी

पूर्वमन्त्रीसमेत रहेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले प्राधिकार गुमाइसकेको बताएका छन्।

बिहीबार (आज) काठमाडौंमा सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले यस्तो बताएका हुन्।

'हरेक सरकारका दुईवटा पक्ष हुन्छन्। एउटा वैधता र अर्को प्राधिकार, अहिलेको सरकारसँग वैधता होला तर, प्राधिकार गुमाइसकेको छ,' उनले भने, 'जनतामा उकुसमुकुस छ तर, सरकार बिचौलियाहरूले चलाइरहेका छन्। नियुक्ति, सञ्चालनहरूमा उनीहरूको खटन छ। र, त्यसको असर प्रणालीमा छ।'

उनले संविधानलाई लावारिस बनाउन खोजिएको पनि बताए। 'बिचौलियाहरूका कारण प्रणालीमा असर परेको छ, त्यसको असर संविधानको स्वामित्वमाथि छ। र, यो संविधान झन्डैझन्डै लावारिस बनाउन खोजिएको छ,' उनले भने।

उनले मोर्चाले यस्तै यस्तै अवैधानिक गतिविधिका विरुद्ध आवाज उठाउने पनि बताए।

प्रकाशित: २१ चैत्र २०८१ १७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App