२० चैत्र २०८१ बुधबार
image/svg+xml ५:४१ पूर्वाह्न
राजनीति

जनताले हामीबाट सुधार खोजिरहेका छन्, आफूलाई सुधार गराैं: शर्मा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सबै राजनीतिक दलहरूले आत्मसुधार गरी परिवर्तनका बाँकी कार्यहरू पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरन्तर सुधारको बाटोबाट मात्र परिवर्तनका लक्ष्यहरू हासिल गर्न सकिने धारणा व्यक्त राखे।

उनले राजनीतिक दलहरूले आफ्नो व्यवहारमा सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। जनताले राजनीतिक दलहरूबाट सुधारको अपेक्षा गरेको उल्लेख गर्दै उनले हरेक क्षेत्रमा सुधारप्रति प्रतिबद्धता जनाउनुपर्ने बताए। साथै, आफ्ना कमजोरीको आत्मसमीक्षा गरी जनताको भावनालाई सम्बोधन गर्नुपर्नेमा पनि उनले जोड दिए।

उनले भने, “परिवर्तनको वाहक नेकपा (माओवादी केन्द्र) लगायत सबै दलहरूले आफूलाई सुधार्दै, सच्याउँदै परिवर्तनका बाँकी काम पूरा गर्न जिम्मेवारी लिनुपर्छ। यो निरन्तर सुधारको बाटोबाट मात्र सम्भव छ। जनताले आज हामीबाट सुधार खोजिरहेका छन्। हरेक क्षेत्रमा सुधारको प्रतिबद्धता जनाउनुपर्छ र आफ्ना कमजोरीको आत्मालोचना गर्दै जनताको भावनालाई सम्बोधन गर्नुपर्छ। आज परिवर्तन, गणतन्त्र वा हाम्रा विरुद्ध देखिएका कुराहरूलाई मैले गणतन्त्र विरोधी ठान्दिनँ। ती सीमित सामन्तवादका अवशेष मात्र हुन्।”

उनद आन्दोलनकारीहरूको माग र भावनालाई सम्बोधन गर्नुपर्ने बताउँदै संघीय लोकतन्त्रलाई कमजोर पार्ने गरी हिंसा र अराजकता फैलाउने कार्यप्रति गम्भीर बन्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे।

प्रकाशित: १६ चैत्र २०८१ १६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App