२० चैत्र २०८१ बुधबार
image/svg+xml ९:५१ पूर्वाह्न
राजनीति

दुर्गा प्रसाईं अझै फरार

चैत १५ गते भएको राजावादी प्रदर्शनका 'योजनाकार' दुर्गा प्रसाईं अझै फरार छन्। उनलाई प्रहरीले खोजिरहेको छ तर, भेटाएको छैन।

अहिले उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौं र प्रहरी प्रधान कार्यालय गरी तीन युनिट प्रसाईंको खोजीमा खटिएका छन्।

अनुसन्धानमा संलग्न प्रहरीहरूका अनुसार प्रसाईं हिजै चक्रपथको बाटो भएर ललितपुर छिरेको सूचना प्राप्त भएको छ। सोही सूचनाका आधारमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

चैत १५ गते प्रसाईंको नागरिक बचाऊ अभियान र राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको आह्वानमा काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं गाडी र घर जलाइएका छन्। ती आगजनीको जिम्मेवार प्रसाईंलगायतलाई बनाउने सरकारको तयारी छ।

प्रदर्शनमा नेतृत्वदायी भूमिकामा रहेका रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बू, सन्तोष तामाङलगायत राति नै पक्राउ परेका छन्। तर, प्रसाईं भने अझै फरार छन्।

प्रकाशित: १६ चैत्र २०८१ १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App