१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १३:१९ अपराह्न
राजनीति

नवराज सुवेदीप्रति चन्दको टिप्पणी- बोल्न पनि गाह्रो, कुर्सीमा पनि अर्कैले राखिदिनुपर्ने मान्छेले आन्दोलन गर्ने रे !

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अब नेपालमा राजतन्त्र नचाहिने बताएका छन्। शुक्रबार (आज) काठमाडौंको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'अब राजतन्त्र फर्काउने रे, राजतन्त्र फर्काएर के हुन्छ जनसमुदाय ? अहिले पनि राजतन्त्र चाहिन्छ भन्ने अनौठो होइन ? यो एउटा प्रहसन हो। किन चाहियो हामीलाई यो प्रहसन ?,' उनले भने, 'नेपाली जनतालाई अब सामन्तीहरूको शासन चाहिँदैन।'

चन्दले राजसंस्था पुनर्स्थापना जनआन्दोलन संयुक्त समितिका संयोजक नवराज सुवेदीका प्रति पनि टिप्पणी गरेका छन्।

'बोल्न पनि गाह्रो, गाह्रो छ। कुर्सीमा पनि अर्कैले राखिदिनुपर्ने मान्छेले नेपालको राजनीतिक नेतृत्व गर्ने रे, आन्दोलन गर्ने रे। हामीले कुनामा मिल्काएकाहरू फ्याउफ्याउ गर्दैछन्,' उनले भने, 'ध्वस्त भएको शासन फेरि आउँदैन। हामीलाई महासामन्तहरूको खाँचो छैन। हामीलाई जनतालाई पैतालामुनि दबाउनेहरूको खाँचो छैन।'

८६ वर्षीय सुवेदीको नेतृत्वमा राजावादीहरूले जनआन्दोलन समिति गठन गरेका छन्।

प्रकाशित: १५ चैत्र २०८१ १४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App