१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १३:१९ अपराह्न
राजनीति

पूर्वराजा संविधानको परिधिभित्र बसुन् : यादव

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महेन्द्र राय यादवले प्रतिगामी तथा पुनरुत्थानवादीहरू सक्रिय भएको बताएका छन्। 

शुक्रबार (आज) काठमाडौंको प्रदर्शनी मार्गमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन्।

'प्रतिगामीहरू सक्रिय भएका छन्, पुनरुत्थानवादीहरू सक्रिय भएका छन्। यसका विरुद्धमा समाजवादी मोर्चाले खबरदारी गर्छ,' उनले भने।

उनले पूर्वराजालाई संविधानले नागरिकको रूपमा राखेको बताए।

'संविधानले पूर्वराजालाई नागरिककै तहमा राखेको छ। हामी चाहन्छौँ, पूर्वराजा संविधानको परिधिभित्र बसोस्,' उनले भने, 'पूर्वराजा नागरिक भएर पार्टी खोलेर अगाडि बढोस्। यस बीचमा जुन प्रकारको स्थिति देखियो।'

प्रकाशित: १५ चैत्र २०८१ १४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App