१६ चैत्र २०८१ शनिबार
image/svg+xml ४:५१ पूर्वाह्न
राजनीति

कुलमान पक्षधर प्रदर्शनबारे प्रधानमन्त्री- केही मान्छे उफ्रिरहेका छन्, केही अर्थ छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पक्षधर प्रदर्शनलाई 'अर्थ बिनाको प्रदर्शन' भनेका छन्।

नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाको पुस्तक 'म र सानोबुवा' लोकार्पण समारोहलाई मङ्गलबार (आज) काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन्। 

'इस्यु भेटियो, यही त्यान्द्रो हो, यही डोरीलाई नाग बनाउनुपर्छ, नाग भनेर कुद्या छ। केही अर्थ छैन। हामीले देश र जनताका लागि काम गर्नुपर्छ, इमान्दारिताका साथ, वश,' प्रधानमन्त्री ओलीले भने।

अगाडि उनले भने, 'तिललाई नै पहाड बनाउने चलन छ। त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ। अहिले पनि के सानो त्यान्द्रो, के विषय पाएजस्तो लाग्यो केही मान्छेले, उफ्रिराख्या छन्, कुदिराख्या छन्। के पायौँ, के पायौँ भनेर, भेटियो भनेर, इस्यु भेटियो भनेर हिजैदेखि सुरु छ वक्तव्यबाजी।'

सोमबार (हिजो) सरकारले घिसिङलाई पदमुक्त गर्‍यो। त्यसयता सरकारको त्यो कदमको चौतर्फी आलोचना भइरहेको छ। प्रधानमन्त्री ओलीको दल नेकपा (एमाले) बाहेक सबै दलहरूले पनि विरोध गरेका छन्।

यसपछि आज घिसिङको पक्षमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ। सोही प्रदर्शनप्रति इङ्गित गर्दै प्रधानमन्त्री ओलीले त्यसको कुनै अर्थ नभएको बताएका हुन्।

यो पनि पढ्नुहोस्

बानेश्वरमा कुलमान समर्थक र प्रहरीबिच धकेलाधकेल (तस्बिरहरू)

प्रकाशित: १२ चैत्र २०८१ १५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App