स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको बताएका छन्।
आइतबार काठमाडौंमा अयोजित कार्यक्रममा बोल्दै उनले अहिले पनि उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र विद्युत प्राधिकरणबीभको विवादलाई हेर्दा पनि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताएका हुन्।
उनले अहिले पनि नेपालमा लोड सेडिङ हुन्छ की हुँदैन भनेर विवाद गर्नु भनेको पर्याप्त बिजुली नरहेको बताए। उनले घरमा मात्र नभइ उद्योग क्षेत्रमा पनि पर्याप्त बिजुली दिनका लागि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताए। उद्योग क्षेत्र रजलविद्युत क्षेत्र चल्नको लागि उत्पादनमा बढी जोड दिनुपर्ने उनले बताए। उनले जलविद्युतमा लगानीकर्ताहरु दिनप्रतिदिन बढिरहेको बताए। २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्यअनुसार काम अघि बढ्नुपर्नेमा जोड दिए। जलविद्युत क्षेत्रमा लगानी बढाएर काम गर्नसके नेपालमै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने बताए।
अध्यक्ष कार्कीले भने, ‘आजका दिनमा थुप्रै डिबेटहरु छन् । यति हुँदाहुँदै पनि हामी लोडसेडिङ हुन्छ, हुँदैन रु र भारतले दिनभरको बिजुली मात्रै दिन्छ भनेर छलफल गरिरहेका छौँ । के भन्छ सरकार र विद्युत प्राधिकरण भन्नेकुरामा डिबेट गरिरहेका छौँ । हामीले के बुझ्नुपर्छ भने हामीसँग पर्याप्त मात्रामा बिजुली रहेनछ भन्ने कुरा बुझ्नुपर्छ । हाम्रो बिजुलीले हामी साँच्चै नै लोडसेडिङ मुक्त हुनलाई घरमा मात्र होइन, इण्डस्ट्री चल्नको लागि उत्पादनमै जोड दिनुपर्छ ।’
अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने कुरामा आफूहरु अघि बढिरहेको बताए। उनले यसका लागि करिव २० वटा सुझाव आफूहरुले पनि सरकारलाई दिएको बताए। उर्जा उत्पादन बढाउनका लागि शक्तिशाली उर्जा मन्त्रालय हुनुपर्ने र एकद्वार प्रणाली कायम हुनुपर्ने बताए। वनमा छिर्नै नपाउने नीति रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने बताए। अब आउने विद्युत विधेयकले नै जनताले जलविद्युतमा लगानी गर्ने की नगर्ने भनेर निर्धारण गर्ने उनले बताए।
प्रकाशित: १० चैत्र २०८१ १५:०३ आइतबार