१० चैत्र २०८१ आइतबार
image/svg+xml १०:१९ पूर्वाह्न
राजनीति

मिर्गौलासम्बन्धी उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला उपचार र हेरचाहमा नेपालले क्रमिक प्रगति गरेकोमा सन्तोष व्यक्त गरेका छन्। उनले नेपाल विश्वमै सस्तो स्वास्थ्य सेवा दिने मुलुक बन्न सक्ने बताए।

नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौं सम्मेलन उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबी हटाउन र स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन जोड दिएका छन्। उनले निरोगी नेपालको अभियानलाई सफल बनाउने लक्ष्य राखिएको उल्लेख गरे।

दुईपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीले पहिलो पटक नेपालमा सुविधा नभएका कारण भारतमा प्रत्यारोपण गरेको स्मरण पनि गरेका छन्। दोस्रो पटक नेपालमै सुविधा भएपछि यहाँ प्रत्यारोपण गर्न पाउँदा गर्व लागेको उनको भनाइ थियो।

सम्मेलनबाट आएका निष्कर्ष नीतिगत सुधारमा उपयोगी हुने बताउँदै उनले मिर्गौला रोग विशेषज्ञसँग सरकार सधैँ साथमा रहने प्रतिबद्धता पनि जनाएका छन्। कार्यक्रममा समाजका अध्यक्ष प्रा.डा. दिव्यासिंह शाहले दक्षिण एसियामा मिर्गौला रोगको समस्या र समाधानका प्रयास चिकित्सा क्षेत्रमा प्रस्तुति दिएकी थिइन्। रासस

प्रकाशित: ८ चैत्र २०८१ २०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App