५ चैत्र २०८१ मंगलबार
image/svg+xml १४:६ अपराह्न
राजनीति

आज एकै पटक ६ संसदीय समितिको बैठक बस्दै

आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ। जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ। बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने छ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ। बैठकमा नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोवास, भूमिहीन सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्यप्रगति लगायतका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल हुने छ।

दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा दफावार छलफल हुने छ। बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक लेखा समितिको २३ औं प्रतिवेदनको प्रारम्भिक मस्यौदा उपर छलफल, उजुरी अध्ययन तथा विविध विषयहरुम छलफल हुने छ। बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने छ।

त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल हुने छ।

प्रकाशित: ५ चैत्र २०८१ ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App