१६ चैत्र २०८० शुक्रबार
राजनीति

तपाईले थाहा नपाएको दिन पार्टी एकता हुन्छ : दाहाल

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्मानजनकरुपमा पार्टी एकता हुने बताएका छन्। ६९ औं नेकपा स्थापना दिवशको अवसरमा पार्टी एकता संयोजन समितिले आयोजना गरेको संयुक्त कार्यक्रममा बोल्दै दाहालले समानताको सिद्वान्तमा न्यायोचित हिसावमा एकता हुनुपर्नेमा जोड दिए।

दाहालले पार्टी एकता घोषणा 'सर्प्रइज' हुने बताए। 'हामीले चुनावी तालमेल पनि सर्प्राइज' रुपमा गरेका थियौं,' उनले भने, 'एकता हल्ला गरेको दिन हुँदैन, तपाईंले थाहा नपाएको दिन पार्टी एकता हुन्छ।'

अध्यक्ष दाहालले अफ्ना नेता तथा कार्यकर्तालाई अनावश्यक कुरा गरेर कान नभर्न आग्रह गरे। एकता हुनै लाग्दा सानातिना खचपच हुन सक्ने बताउँदै दाहालले एकताको संकल्प अझ दह्रो भएको बताए।

एमाले संसदीय अभ्यास र माओवादी सशस्त्र आन्दोलन मार्फत समान्तवादको विरुद्धमा रहेको बताउँदै उनले जनयुद्ध मार्फत गणत्नत्रमा जाने र शान्ति प्रक्रियामा आउने विषायमा एमालेसँग लामो छलफल भएको बताए। 'एमालेसँग सल्लाह भएको हुँदैनथ्यो भने १२ बुँदेको आधार तयार हुँदैनथ्यो', उनले भने, 'त्यो नभएको भए १९ दिने जनआन्दोलनको जग तयार हुने थिएन।'

नेपालमा युद्धको स्थितिलाई शान्तिमा ल्याउने प्रयास सजिलो नभएको बताउँदै उनले युद्धलाई शान्तिमा ल्याएर लोकतान्त्रिकरुपमा रुपान्तरण गर्ने कुरा सामान्य नभएको बताए।

उनले माओवादी युद्धलाई शान्तिमा र बुलेटलाई व्यालेटमा रुपान्तरण गरेका कम्युनिष्ट भएको बताए। दाहालले राजनीतिक आन्दोलमा अब्बल देखिए पनि आर्थिक विकासमा पछि परेको भन्दै त्यसमा जोड दिनु पर्ने बताए। दाहालले मदन भण्डारीसँग पनि एकताको कुरा भएको खुलाउँदै वार्ता समय समत तय भएको बताए।

 

 

 

 

 

 

प्रकाशित: ९ वैशाख २०७५ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App