नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरूको प्रदर्शन अद्भूत प्रदर्शन नभएको प्रतिक्रिया दिएका छन्। सोमबार (आज) सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केही नभएको भन्दै आत्तिनुपर्ने कारण नरहेको स्पष्ट पारेका हुन्।
आइतबार राजावादीहरूको प्रदर्शन अद्भूत भएको र पूर्वराजा शाहलाई भारतले उचालेको हो भन्ने प्रश्नमा उनले कसैले उचाल्ने कुरा नभएको र उचालेको जानकारी नभएको उल्लेख गरे।
उनले भने, ‘कहाँ अद्भूत भएको छ, केही भएकै छैन। कसैले उचाल्ने कुरा पनि छैन, उचालेको थाहा पनि छैन।’
सभापति देउवाले दुई ठूला राजनीतिक दलहरूको सरकार अहिले रहेको र यो ०८४ सम्मै चल्ने दाबी गरे। सो अवसरमा देउवाले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशन निर्धारित समयमै हुने बताएका छन्।
प्रकाशित: २६ फाल्गुन २०८१ २०:०५ सोमबार





