१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

सरकारका कारण प्रतिगामी शक्तिहरूले शिर उठाए : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)ले प्रतिगामी शक्तिहरू सलबलाउनुमा वर्तमान सरकार प्रमुख दोषी रहेको बताएको छ ।  

सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले केपी ओली नेतृत्वको वर्तमान गठबन्धन सरकारको नालायकीले प्रतिगामी शक्तिलाई बल पुगेको निष्कर्ष निकालेको छ । ओली सरकारको जनविरोधी गतिविधिका कारण लोकतन्त्रविरोधी गतिविधि सुरु भएको माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताए ।

पूर्वराजा ज्ञानेन्द्रलाई लक्षित गर्दै प्रवक्ता सापकोटाले संविधान अनुसार बोल्न सबैलाई छुट भएपनि विरुद्धमा जान कसैलाई छुट नभएकाले शान्त भएर सोच्न आग्रह गरे । 

जनताले सधैँ लोकतन्त्रलाई साथ दिने विश्वास व्यक्त गर्दै पार्टी उपाध्यक्षसमेत रहेका सापकोटाले धमिलो पानीमा माछा मार्ने कसैले सोचेको भए त्यो पूरा नहुने जिकिर गरे । प्रतिगामी शक्तिले जारी राखेको चलखेल समाजवादका लागि बलियो आधार हुन सक्ने उनको तर्क छ । 

बहुदलीय व्यवस्थाको प्रतिकका रूपमा राजालाई सिंहासनमा राख्न असम्भव भएको बताउँदै सापकोटाले माओवादीले कुनै सर्तमा पनि पूर्वराजालाई समर्थन नगर्ने स्पष्ट पारे ।

प्रकाशित: २६ फाल्गुन २०८१ १४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App