१५ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

अध्यादेशबाट भूमिसम्बन्धी समस्या समाधान गर्न चाहेको थिएँ: दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री रहँदा अध्यादेश ल्याएरै भए पनि भूमिको समस्या समाधान गर्न चाहेको बताएका छन्। माओवादी केन्द्रले चलाइरहेको ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’का क्रममा मंगलबार मोरङको कानेपोखरीमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।  

‘भूमिको जे समस्या भोग्नुभएको छ, तपाईँहरू धेरैले ज्ञापन पत्र पनि दिनुभएको छ । जसमा भूमिको समस्या, सुकुम्वासीको समस्या, लालपुर्जा प्राप्तिको समस्या राख्नुभएको छ,’ दाहालले भने, ‘मैले भूमि सम्बन्धी र वन सम्बन्धी अध्यादेश ल्याएर भए पनि देशमा वर्षैसम्म लट्किएका भूमि सम्बन्धी समस्या समाधान गर्न खोजेको थिए।’ तर, त्यति नै बेला राजनीतिक दलबिचमा उतारचढाव भएकाले त्यो सम्भव नभएको उनले बताए।

‘र, सदन बोलाइहाल्नु पर्ने अवस्था आएकाले सदन छलेर अध्यादेश ल्याउनु हुँदैन भन्ठानेर रोकियो, रोकिएपछि रोकिएको रोकियै छ,’ अध्यक्ष दाहालले भने।  

तर सदनको प्रतिपक्षी दलको नेताको हैसियतले र पूर्वप्रधानमन्त्रीको हैसियतमा यो समस्या समाधान हल गर्न प्रतिबद्ध रहेको दाहालले बताए।

प्रकाशित: १३ फाल्गुन २०८१ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App