५ चैत्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

आइजिपीलाई गृहमन्त्रीको निर्देशन: प्रहरीमाथि जाइलाग्ने जोसुकै भए पनि कारबाही गर्नु

गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन्।

बुधबार गृहमन्त्रालयमा प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त बहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीहरूलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारे।

गृहमन्त्री लेखकले मुलुकका विभिन्न स्थानमा पछिल्ला दिनहरूमा सुरक्षाकर्मीमाथि आक्रमणका घटनाहरू सार्वजनिक भइरहेकाले प्रहरी अझै सतर्क र सक्रिय हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘घटनामा जोसुकै संलग्न भए पनि छानबिन गरी कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु। समाजको पहरेदारीमा खटिएका प्रहरीमाथि जाइलाग्ने जोसुकै भए पनि कारबाही हुन्छ।’

मन्त्री लेखकले शान्ति सुरक्षाको जिम्मेवारीमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्नु कानुनी राज्यको सिद्धान्तविपरीत हुने उल्लेख गर्दै यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिए।

यो पनि पढ्नुहोस्

काठमाडौंका एसएसपी भन्छन्: प्रहरी कुट्ने जुनसुकै पार्टीको होस्, हजार प्रतिशत कारबाही हुन्छ

प्रकाशित: ३० माघ २०८१ १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App