१ चैत्र २०८१ शुक्रबार
image/svg+xml २:४३ पूर्वाह्न
राजनीति

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप: दोस्रो चरणमा ३० जनाको नाम सार्वजनिक

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपका लागि दोस्रो चरणमा ३० जनाको नाम सार्वजनिक गरिएको छ। बन्द प्रशिक्षणमा रहेका ३९ मध्येबाट ९ जनालाई हटाउँदै खेलाडीको संख्या ३० मा झारिएको हो।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आइतबार ३० जनाको प्रारम्भिक टोलीको नाम सार्वजनिक गरेका हुन्।

‘लेफ्टिनेन्ट’ को प्रशिक्षणमा रहेकी फरवार्ड अमिषा कार्कीसँगै पहिलो चरणबाट सहारा लिम्बू, हेमा चौधरी, सुकृया मियाँ, सेमिहाङ्मा लिम्बू पन्धाक, मीना देउवा, पुष्पाकुमारी खड्का, यशोदा शाही र झुमा विश्वकर्मा बाहिरिएका हुन्।

३० खेलाडीको सूचीमा पुरानै खेलाडीको बाहुल्यता छ। ३० मध्ये स्ट्राइकरद्वय सावित्रा भण्डारी र रेखा पौडेल तथा कप्तान एवं गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्वा विदेशी लिग खेलिरहेका छन्। उनीहरूले सिधै राष्ट्रिय टोलीमा स्थान बनाउने छन्। ३० जनाको सूचीबाट अन्तिम २३ खेलाडीको टोली निर्माण गरिने प्रशिक्षक तामाङले जानकारी दिए।

नेपालले फागुन ४ गते किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। प्रतियोगितामा म्यानमार र लेबनान पनि सहभागी हुनेछन्।

प्रकाशित: २७ माघ २०८१ १९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App