११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

विपक्षी नेताले सम्बोधन गर्दा प्रधानमन्त्री बिरामी भएर आउन सक्नु भएन : बर्तौला

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलको नेताले संसद्लाई सम्बोधन गर्ने कुरा प्रधानमन्त्रीको जानकारीमा भएपनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको बताएका छन्। 

शुक्रबार (आज) संसद् भवन परिसरमा कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री संसद्‌मा उपस्थित हुने तयारीमै रहँदा स्वास्थ्यमा असहजता भएको कारण आउन नसकेको बताएका हुन्।

उनले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेताले माघ २४ गतेको बैठकमा बोल्दै हुनुहुन्छ भनेर सम्बन्धित पार्टीका प्रमुख सचेतक (हितराज पाण्डे) ज्यूले मलाई जानकारी गराउनु भएको थियो। यो विषय प्रधानमन्त्रीज्यूको जानकारीमा समयमै पुगेको समेत अवस्था हो। हिजो उहाँ आउने तयारीमा पनि हुनुहुन्थ्यो। तर उहाँलाई सहजता भएन। स्वास्थ्यमा समस्या भएको कारणले उहाँको हिजो कुनैपनि सार्वजनिक कार्यक्रमहरू रहेन।’

बिहीबार (हिजो) को प्रतिनिधि सभाको बैठकमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले बोल्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको भन्दै गुनासो गरेका थिए। 

संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई निम्त्याउने र प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री पनि उपस्थित रहने प्रचलन दाहालले स्मरण गराएका थिए।

प्रकाशित: २५ माघ २०८१ १८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App