जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।
बैठक शनिबार (भोलि) पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे सुरु हुनेछ।
बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक विषयसहित पार्टीको सङ्गठनात्मक कार्यदिशाबारे छलफल हुने नेताहरूले बताएका छन्।
कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुलाई तोकिएको जिम्मेवारी अनुसार आ-आफ्नो कार्यक्षेत्रअन्तर्गत भए/गरेका कार्यप्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ।
प्रकाशित: १८ माघ २०८१ २१:०८ शुक्रबार