२३ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml २:८ पूर्वाह्न
राजनीति

'हामीलाई बोल्न नदिँदा टेबल ठोकेर समर्थन गर्ने हातहरू प्रयागराजको महाकुम्भमा धोए पनि चोखो हुने छैन'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसद्‌मा आफूहरूको संवैधानिक अधिकारको हनन भएको बताएका छन्।

शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय माग गरे पनि नपाएपछि उपनेता श्रेष्ठले यस्तो बताएका हुन्। 'आज संसद्‌मा हामीलाई बोल्न नदिँदा टेबल ठोकेर समर्थन गर्ने हातहरू प्रयागराजको महाकुम्भमा गएर धोए पनि चोखो हुनेवाला छैन,' उनले भने।

अगाडि उनले भनेका छन्, 'संसद् नियमावलीअन्तर्गत नै रहेको आकस्मिक समयको माग गरी बोल्न पाउने अधिकारबाट पनि हामीलाई वञ्चित गरियो। हाम्रो संवैधानिक अधिकार हनन गरियो।'

प्रकाशित: १८ माघ २०८१ १८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App