प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने दोहोर्याएका छन्।
शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
'म फेरि पनि भन्छु, भ्रष्टाचार गर्न दिन्नँ र आफू पनि गर्दिनँ। कसकैसँग दम छ भने कुनै पनि सन्दर्भमा भ्रष्टाचार गरेको प्रमाण ल्याओस्। तर, असम्बन्धित कुराहरूलाई जोडेर हुँदैन,' उनले भने।
प्रकाशित: १८ माघ २०८१ १४:३२ शुक्रबार