प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्राउने कुरा सरकारको प्राथमिकतामा नभएको जवाफ दिएका छन्।
शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन्।
'पार्टी टुक्राउने जस्ता खुद्रे कुरा यो सरकारको मेनुमा छैन,' उनले भने, 'सरकार प्राथमिकताका आधारमा अगाडि बढिरहेको छ। त्यस्ता सानातिना कुरामा भुल्दैन।'
यस्तै फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले २०८४ सम्म सरकार टसमस नहुने बताए। 'सरकार अहिल्यै ढलिहाल्छ, भरै ढल्छ, भोलि ढलिहाल्छ भनेर भनिएको छ। तर, यो सरकार ०८४ सम्म टसमस हुँदैन,' उनले भने, 'अहिले ढलेँ ढलेँ भन्ने गीत बजारमा चर्चामा छ। तर, राजनीतिक मञ्चमा यस्ता कुरा नगर्दा नै ठीक हुन्छ। मनोरञ्जनको मञ्चमा ठीकै होला।'
प्रकाशित: १८ माघ २०८१ १४:१५ शुक्रबार